January 19, 2022

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवै भन्दा बढि प्रदेश दुईबाट भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता

aktiyar karyalaye | The power news

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवै भन्दा बढि प्रदेश दुईबाट भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनका बारेमा पत्रकार सम्मेलन गर्दै अख्तियारले सवैभन्दा बढि प्रदेश २ बाट र सवै भन्दा कम गण्डकी प्रदेशबाट उजुरी प्राप्त भएको जनाएको हो ।प्राप्त भएका उजुरीमध्ये स्थानीय तहमा भएको अनियमिमताका बारेमा धेरै उजुरी परेको अख्तियारले जनाएको छ । आर्थिक बर्ष ०७७÷७८ मा रहेका २२ हना। ६ सय २५ उजुुरी मध्ये १४ हजार ५ सय ३२ उजुरी फछर्यौट भएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो । अख्तियारले नेपाल सरकारलाई बार्षिक प्रतिवदेनमार्फत बिभिन्न ६० वटा सुझाव दिएको छ । जसमा सवै भन्दा बढि सार्वजनिक खरिद तथा आयोजना÷ कार्यक्रम व्यवस्थापनसम्बन्धी रहेको छ । अख्तियारले राजस्व चुहावल नियन्त्रण गर्ने, कर छुट र मिनाहा दिने प्रवृति बन्द गर्न पनि सरकारलाइ सुझाव दिएको प्रवक्ता रिसालले बताउनुभयो । त्यस्तै ठेक्का सम्झौतामा सम्बन्धीत निकाय तथा पदाधिकारी नै पूर्ण रुपमा जिम्मेवार एवं जवाफदेही हुने व्यवस्था मिलाउन पनि सुझाव दिएको उहाले बताउनुभयो ।

प्रवक्ता रिसालले स्टीङ अप्रेशनका बारेमा सर्वोच्च अदालतले दिएको निर्देशनका कारण पनि अख्तियारमा उजुरी कम भएको हुन सक्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाले जनताहरु जागरुक भएकै कारण पनि स्थानीय तहका बिषयमा धेरै उजुरी आएको महशुस अख्तियारले गरेको बताउनुभयो ।अख्तियारले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published.