March 29, 2024

अग्नि प्रसाद खरेलले पदबाट राजीनामा दिनुभएको

Agni Prasad Kharel virtually inaugurates new Office-Building for Public  Prosecutors

महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले पदबाट राजीनामा दिनुभएको छ ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीसँग छलफल गरेर राजीनामा दिएको उहाले बताउनुभयो । खरेलले आफ्नो कार्यकालमा आफूले राम्रै काम गरेको महसुस गरेको समेत बताउनुभयो ।

३७ महिनामा ३९ भवन निर्माण भएको, संहिता कार्यान्वयन र फौजदारी सुधार गर्न सफल भएको भएको उहाले दावी गर्नुभयो । खरेलले अझै महान्यायाधिवक्ताका रुपमा बस्न आफूलाई उपयुक्त नलागेको समेत धारणा राख्नुभयो । सरकारले गरेका नियुक्तिसँग आफू असन्तुष्ट नरहेको भन्दै खरेलले आफ्नो काम नै सरकारको प्रतिरक्षा गर्ने रहेको बताउनुभयो । राजीनामा दिएपछि उहाले अब सक्रिया राजनीतिमा फर्किने बताउनुभयो ।खरेल २०७४ फागुन ८ गते २७ औं महान्यायाधीवक्तामा नियुक्त हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *