August 1, 2021

अदालतले गरेको फैसला स्वीकार

https://www.himalpost.com/kaha-jana-kati/ 2018-09-24T01:16:26Z  https://www.himalpost.com/wp-content/uploads/2018/09/b2861c02fd7fedbe2dc3c19eef4f3fab1537721319.jpg  kaha jana kati bhada https://www.himalpost.com/acid-akarman-mirtyu/ 2018-09  ...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै संसद् बैठक बोलाउने बताउनुभयो । समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिने बिषयमा भने उहाले प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ सो कदम चाल्ने धारणा राख्नुभयो ।बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.