March 22, 2023

अदालतले बिघटनको निर्णयलाई उल्टाउने विश्वास व्यक्त

Plane carrying Foreign Minister Prakash Sharan Mahat makes forced landing  at TIA – OnlineKhabar English News

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अदालतले प्रतिनिधिसभा बिघटनको निर्णयलाई उल्टाउने विश्वास व्यक्त गर्नुभएको छ ।शनिबार कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ तथा महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको संयुक्त आयोजनामा माक्स र सेनिटाइजर बितरण कार्यक्रममा महतले प्रतिनिधिसभा बिघटन संविधान बिपरित भएको भन्दै अदालतले त्यसलाई उल्टाउने विश्वास व्यक्त गर्नुभएको हो । त्यस्तै उहाले पार्टीसभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा चयन गर्ने बाटो पनि खुल्ने अवस्था देखिएको तर्क गर्नुभयो ।

उहाले छिटै मुलुकमा देखिएको अधिनायकवादी प्रवृतिको अन्त्य हुने बताउनुभयो । त्यस्तै उहाले अव निष्पक्ष रुपमा निर्वाचन भए कांग्रेसको अत्याधिक बहुमत आउने दावी गर्नुभयो । महतले पार्टी महाधिवेशनको संघारमा रहेकाले पार्टीभित्रको आन्तरिक जिम्मेवारी प्रक्रियाको तयारी भइरहेको बताउनुभयो ।महतले मुल लक्ष्य भनेको जनताको हितमा काम गर्ने नै भएको भन्दै यसलाई बिर्सन नहुने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.