
नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि एमालेले विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गनुभयो । उहाँले भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो दुई ठूला पार्टीहरु कांग्रेस र एमाले कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उपाध्यायले दलहरुभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको र देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेता उपाध्यायले पछिल्लो राजनितिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनिति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनिति गरेको आरोप लगाउनुभयो । उपाध्यायले विदेशी शक्तिहरुले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको आरोप लगाउनुभयो ।