March 29, 2024

अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा

RPP-Nepal Chairman Kamal Thapa off to Tibet - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी थापाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफूलाई एक पटक एकीकृत पार्टीको नेतृत्व गरेर राप्रपालाई जुरुक्कै उठाउने चाहाना रहेकाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । आफू पहिलो पटक राप्रपाको अध्यक्ष भएपछि राजेन्द्रप्रसाद लिङ्देन र धवलशमशेर राणालाई एकै पटक पार्टीको महामन्त्री बनाएको भन्दै केहि सयम धैर्यता लिन आग्रह गर्नुभयो । युवाहरुले नेतृत्व लिन्छौं भन्दा आफू खुशी भएको भन्दै थापाले पार्टीको कमजोर अवस्था रहेकाले ४ वर्ष धैर्य गर्न आग्रह गर्नुभयो । थापाले पार्टीलाई आगामी निर्वाचनबाट अग्रणी शक्तिको रुपमा स्थापित गरेपछि र हिन्दु राष्ट्र तथा राजतन्त्र स्थापित गर्ने आधार स्थापना गरेपछि विश्राम लिने बताउनुभयो । उहाँले एकताको महाधिवेशन भएकाले सहमतीका आधारमा नेतृत्व छनौट गरेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । अध्यक्ष थापाले युवा पुस्ता भन्दै लिङ्देनले उम्मेदवारी घोषणा गरेकोमा आपत्ति जनाउदै युवा उमेर गनेर अध्यक्ष हुने हो भने टुँडिखेलमा दौडौं र दौडदा आफूलाई जिते आफू अध्यक्षको उम्मेद्वार नहुने उद्घोष गर्नुभयो ।

नयाँ जिम्मेवारी लिन्छु भन्नेले अग्रजलाई गाली गरेर, बदनाम गरेर, असफल भनेर नेतृत्व लिनु सम्भव नहुने उहाँले बताउनुभयो । यसअघि बिहीबार मात्रै पार्टी नेतृत्वलाई चुनौती दिने गरी राजेन्द्रप्रसाद लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । काठमाडौंमा मंसिर १५ देखि १७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *