April 15, 2024

अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नरहेको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आउने बितिकै आफुले अध्यक्ष पदबाट राजीनामा दिन खोजेको बताउनुभएको छ । पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नरहेको र परिणाम आउने बितिकै आफुले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केहि समस्या आउने देखेर पछि हटेको बताउनुभएको हो । उहाले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसावले आफुले लिने उल्लेख गर्नुभयो । लिङ्देनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरु स्थापीत गर्ने धारणा राख्नुभयो । उहाले आफुहरु मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिड्ने बताउनुभयो । सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उहाको भनाइ छ । त्यस्तै राप्रपाका नेता पशुपतिशम्सेर राणाले संसदमा आफुहरुको उपस्थीत बलियो ढंगले प्रस्तुत भए अर्को पटक राप्रपा तेश्रो शक्ति पुन कायम हुन सक्ने बताउनुभयो । अहिलेको ढंगबाट चलेर नेपाल अगाडी बढ्न नसक्ने भन्दै उहाले नेपाललाई अहिले हासिल भएको मौका अनुसार ठूला पार्टीमा काम गर्ने शक्ति नरहेको बताउनुभयो ।

उहाले नयाँ तवरबाट मुलुकलाई अघि बढाउने काम राप्रपाले संसदबाट देखाउने दावी गर्नुभयो । उहाले नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना दलहरुलाई खवरदार गर्न राप्रपा आएकाले उक्त खवरदारी मामुली ढंगको नहुने जिकिर गर्नुभयो ।

One thought on “अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नरहेको

  1. The most common reasons for infidelity between couples are infidelity and lack of trust. In an age without cell phones or the internet, issues of distrust and disloyalty were less of an issue than they are today.

Leave a Reply

Your email address will not be published. Required fields are marked *