December 5, 2022

अध्याधिक मूल्यबृद्धि हुदा पनि सरकार मौन बसेको आरोप

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले अत्यावश्यक बस्तुको अध्याधिक मूल्यबृद्धि हुदा पनि सरकार मौन बसेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा उहाँले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण सामाग्रीलगायतमा मूल्य वृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै जादा पनि सरकार मौन रहनु दुखद रहेको उहाको भनाई छ । उहाले १७ प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको जनजीवनलाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले मूल्यवृद्धि नियन्त्रण गर्ने विषयमा सभामुखले सरकारका नाममा रुलिङ गर्न आग्रह गर्दै किसानका लागि मल र विद्यार्थीका लागि पाठ्यपुस्तकको समस्या तत्काल समाधान गर्न माग गर्नुभयो ।

सांसद ज्ञवालीले जनताले गुणस्तरीय पानी पिउन नपाउँदा जारको पानी किनेर खानुपर्ने बाध्यता बढ्दै गएको र मेलम्ची वर्षायामका कारण धमिलो भएकाले पानीमा समस्या देखिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.