
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा अनलाईन पत्रकार संघ, नेपालको ११ औं बार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यमको संख्या बढ्संगै यसलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउनुपर्ने बताउनुभएको हो । उहाले अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारको सहयोग हुने जिकिर गर्नुभयो । उहाले अनलाइन सञ्चार माध्यमलाई अन्य सञ्चारमाध्यमसरह लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा भइसकेको अवस्थामा मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिरहेको बताउनुभयो ।
कोरोना बिमाका बिषयलाई पनि सरकारले गम्भीर रुपमा लिएको उहाले बताउनुभयो ।