December 5, 2023

अनेरास्ववियुले निगमको केन्द्रीय कार्यालय घेराउ

Image result for nigam gherau

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थीले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । बिहीबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो । प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।

एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, मूल्य बृद्धिले ढाड सेकियो लगाएतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए । सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *