March 22, 2023

अनेरास्ववियूले संसद बिघटनको पक्षमा काठमाडौंमा प्रदर्शन

नेकपा ओली समूहका अनेरास्ववियूले संसद बिघटनको पक्षमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो ।

उनीहरुले प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाएका थिए भने अखिल र सूर्य चिन्ह अंकित झण्डाका साथ प्रदर्शनमा सहभागी भएका उनीहरुले प्रचण्ड र माधव नेपालको विरुद्धमा नारावाजी गरेका थिए ।सरकार र पार्टी सञ्चालनमा अवरोध भएका कारण ताजा जनादेशमा जान गरिएको संसद बिघटन जायज भएको प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published.