December 5, 2023

अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आग्रह: निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुसंग आग्रह गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिन आग्रह गरिएको बताउनुभयो । त्यस्तै आयोगले निर्वाचनका लागि आवश्यक पर्ने १ करोड ९४ लाख थान मध्ये ४९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छपाइ भइरहेको जनाएको छ । पौडेलले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत लगाएतको प्रशिक्षण कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । उहाले जुन पार्टीको चूनाव चिन्हबाट टिकट पाउने हो , सो उम्मेद्वार सोहि दलको हुने मान्यता आयोगले राख्ने बताउनुभयो ।

त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन स्थानीय तह निर्वाचन इ–बुलेटिन प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *