October 16, 2021

अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन

After Oli Steps Down, Prachanda Set to Return as Nepal PM

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको बताउनुभएको छ ।माओवादी कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरे पनि आफूहरुले कम्युनिस्टहरु बीचको एकताको झण्डा उठाइरहनु पर्ने उल्लेख गर्नुभयो । पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको भन्दै उहाले समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उहाले एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा आफ्नो भूमिका देखेर पूर्व एमालेका नेता कार्यकर्ताले अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित हुने गरेकाले नै ओली अत्तालिएको तर्क गर्नुभयो । उहाले अव ओलीविरुद्ध मोर्चाबन्दी सुरु भएको बताउनुभयो ।उहाले अहिले पत्रकार महासंघको निर्वाचनमा ओलीलाई चौथो नम्बरमा पु¥याएको भन्दै अबको निर्वाचनमा ओली नेतृत्वको नेकपालाई चौथो नम्बरमा पु¥याउने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.