December 5, 2023

अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किए

Abdullah Almutairi's signals resignation after the investigation

अब्दुल्लाह अलमुताइरी नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किएका छन् । मंगलबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा अलमुताइरीले एन्फासंग सोमबारदेखि नयाँ सम्झौता गरेको र सम्झौता सन् २०२४ को अन्तिमसम्म रहेको जानकारी दिए ।पत्रकार सम्मेलनमा उनले आगामी योजना समेत सावर्जनिक गरेका छन् । विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको उनले बताए ।उनले एशियन कप छनोटको तेस्रो चरणको तयारीमा आफुले बनाएको योजना अनुसार खेलाडी घाइते भएको खण्डमा आफुलाई दबाव हुने र हाफ इन्जिन खेलाडी खेलाडी आफुलाई नचाहिने बताए ।

उनले आफुहरु फुटबलको विकाशका लागि लागिपरेको बताउँदै सबैले फुटबलको विकाशमा केन्द्रित हुन आग्रह गरे ।अलमुताइरीले खेलाडी र टिमको मनोबल उच्च हुने किसिमले समाचार संम्प्रेषण गर्नका लागि संचारकर्मीलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *