October 10, 2021

अराजकता र असफलतातर्फ लैजाने षडयन्त्रमूलक निष्कर्ष

Development unexpected and unusual: Nepali Congress

प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले संसद बिघटन गरेर मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम भएको निष्कर्ष निकालेको छ ।पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठकले सरकारले गरेको सो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम भएको निष्कर्ष निकालेको हो ।सो घटना नेकपा सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य भएको कांग्रेसले जनाएको छ ।

प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । त्यस्तै सरकारले संवैधानिक निकायमा गरेको नियुक्तको अपारदर्शी भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरिएको उहाले बताउनुभयो ।पछिल्लो घटनाक्रम र थप रणनीति बनाउन कांग्रेस पुष ७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.