January 19, 2022

अरु १० दल आएपनि कुनै फरक नपर्ने स्पष्ट :केपी शर्मा ओली

KP Oli sits pretty as opposition forces in Nepal run out of options

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउन अरु १० दल आएपनि कुनै फरक नपर्ने स्पष्ट पार्नुभएको छ । एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिद्धाउन पाँच दलिय गठबन्धन बनेको भन्दै अन्य १० दल आएपनि कुनै फरक नपर्ने बताउनुभएको हो ।उहाले एमालेलाई कसैको बैशाखि टेकेर हिड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचन एमाले एक्लैले बहुमत ल्याउने दावी गर्नुभयो । त्यस्तै उहाले आगामी निर्वाचनमा सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने तर्क गर्नुभयो । आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठवन्धन रहने कुरा गरिरहेको उहाको भनाई छ । उहाले संसदबाट प्रधानमन्त्री बन्नुपर्ने र हट्नुपर्ने भएपनि अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको तर्क गर्नुभयो । एमाले नेतृत्वको सरकारले मुलुकमा बिकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको उहाले बताउनुभयो ।

उहाले अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गर्नुभयो । ओलीले अहिले एमाले सफा भएको भन्दै सदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.