June 21, 2024

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौंमा बिरोध प्रदर्शन

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज गरेको आरोप लगाउदै युवासंघले काठमाडौंका सिंहदरबारमा नजिक हनुमानस्थानमा बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले अर्थमन्त्रीले व्यापारि व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् ।प्रदर्शनमा सहभागीहरुले सीसीटिभि फुटेज खाने अर्थपूर्ण मुसा, गठबन्धनको डेटिङ्मा बजेट आयो सेटिङमा लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । युवा संघ नेपालका किरण पौडेलले अर्थमन्त्रीलाई कारवाहीस्वरुप बर्खास्त नै गर्नुपर्ने बताउनुभयो । उहाले छानविन समिति बनाए अर्थमन्त्रीलाई नै चोख्याउने काम हुने भएकाले समितिको कुनै औचित्य नभएको धारणा राख्नुभयो ।

युवा संघले अर्थमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *