December 2, 2022

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा शर्माले आफुमाथि निष्पक्ष रुपमा छानविन गर्नका लागि पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । सो क्रममा उहाले आफुले देश र जनतालाई केन्द्रमा राखेर बजेट बिनियोजन गरिएको दावी गर्नुभयो । मुलुकको आर्थिक बिकासका लागि काम गर्नु आफ्नो अपराध नभएको उहाको भनाई छ । शर्माले बजेट बनाउदा आफुले कुनै अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश नगराएको जिकिर गनुभयो । उहाले सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको भन्दै यसबारे जनतामा भ्रम पैदा गर्न खाजेको गुनासो गर्नुभयो । शर्माले आफु मुलुकको ठूला ठूला आन्दोलनमा सहभागी भएको र आफ्नो प्रतिवद्धताबाट नझुकेको भन्दै बजेट निर्माणका क्रममा पनि आफ्नो नैतिकतालाई डगमगिन नदिएको बताउनुभयो । उहाले एउटामात्रै नभई हजारौ छानविनका लागि तयार रहेको तर्क गर्नुभयो । त्यस्तअघि प्रतिनिधिसभा बैठकले अर्थमन्त्री शर्माका बिषयमा अध्ययन गर्न संसदीय छानविन बिशेष समिति गठन गरेको थियो । ११ सदस्यीय विशेष समितिलाई बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको सभामुख अग्नी सापकोटाले जानकारी दिनुभयो । समितिमा खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहनुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो ।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको र सीसीटीभी फुटेज अर्थ मन्त्रालयका कर्मचारीको मिलेमतोमा डिलिट गराइएको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published.