November 30, 2023

अर्थमन्त्री बिष्णु पौडेलले नेकपाभित्र देखिएका समस्याका परिदृश्य अस्थायी

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलले नेकपाभित्र देखिएका समस्याका परिदृश्य अस्थायी प्रकृतिको भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को नव निर्वाचित कार्य समितिसंगको छलफलमा उहाले नेकपाभित्र देखिएका केहि समस्याका झाँकीहरु अस्थायी परिदृश्य भएको टिप्पणी गर्नुभएको हो ।उहाले वर्तमान सरकार जनमत प्राप्त सरकार भएको भन्दै राजनीतिक स्थायीत्वमार्फत मुलुकको बिकास र समृद्धिमा सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।

उहाले कोरोनाको भ्याक्सिन सहज हुने बित्तिकै नेपालमा यसलाई निःशुल्क गरिने उल्लेख गर्नुभयो । कोरोनाको भ्याक्सिन उत्पादन गरिरहेका राष्ट्र र उत्पादनको अनुमति पाएका कम्पनीहरुसँग उक्त भ्याक्सिन चाँडै नै नेपालमा भित्र्याउनेका लागि सरकारले कुटनीतिक पहल गरिरहेको उहाले जानकारी दिनुभयो ।उहाले कोरोनाको महामारीकाबीच पनि नेपालीको जनजिवन सहज रुपमा अघि बढाउन सरकार प्रयत्नशिल रहेको धारणा राख्नुभयो ।मन्त्री पौडेलले कोरोना कहरका कारण थला परेको आर्थिक क्षेत्रलाई पुनरउत्थान गर्दै आर्थिक गतिविधिलाई अघि बढाउने दिशामा सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *