November 30, 2023

असंवैधानिक कदम सच्याउनुको विकल्प नभएको

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक कदम सच्याउनुको विकल्प नभएको बताउनुभएको छ ।संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभाअन्तर्गत शनिबार काठमाडौं १ (क) मा आयोजित विरोध सभामा बोल्दै सिंहले प्रधानमन्त्रीले हुदै नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरेको भन्दै असंवैधानिक कदम सच्याउनुको विकल्प नभएको बताउनुभएको हो । विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने उहाले बताउनुभयो ।

नेता सिंहले कांग्रेस नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने समेत चेतावनी दिनुभयो । नेता सिंहले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्मअनुसार गर्नेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो ।नेता सिंहले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप पनि लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *