October 10, 2021

असवैधानिक रुपमा संसद बिघटन

असवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल पक्ष निकट जनवर्गीय संगठनहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मुस्लिम संगठन नेपाल लगायतका संघ संगठनको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले डम्फु बजाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नै भाषामा नारावाजी पनि गरेका थिए । रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएर असन हुँदै वसन्तुपर पुगेर कोणसभा परिणत भएको थियो । गएको पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष निरन्तर संघर्षमा छ ।

Leave a Reply

Your email address will not be published.