May 21, 2024

अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने

नेकपा (माओवादी केन्द्र) का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गर्नुभयो । उहाले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने जानकारी दिनुभयो । त्यस्तै उहाले पार्टीको पदाधिकारी चयन छिटै हुने बताउनुभयो । मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको उल्लेख गर्नुभयो । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्ने उहाको भनाई छ । मन्त्री पौडेलले सरकारले सार्वनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको बताउनुभयो । शिक्षक सेवा आयोगलाई क्रियाशिल बनाईएको र विभिन्न तहको लागि १८ हजार शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर परीक्षा तालिका सार्वजनिक गरेको पनि उहाले बताउनुभयो ।

मन्त्री पौडेलले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहज हुनेबित्तिकै छलफलको लागि पठाउने पनि जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *