August 1, 2021

अहिलेको लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको

Image result for prachanda and madhav nepal

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेको लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताउनुभएको छ ।सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको लडाइँ पदको लागि नभएको भन्दै विचार, सिद्धान्त, प्रणालीको तथा अग्रगमन र प्रतिगमनको भएको बताउनुभएको हो ।प्रचण्डले आफुहरु पदको लागि नै लडाई गरिरहेको अफवाह ओली पक्षले फैलाएको भन्दै अफवाहका कुनै सत्यता नरहेको तर्क गर्नुभयो ।अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै प्रचण्डले ओली जनताबाट टाढिएको दाबी गर्नुभयो । पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको उहाले बताउनुभयो ।प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसकेको उल्लेख गर्नुभयो । माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने उहाले जानकारी दिनुभयो ।

त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीले नारायणहिटी अघि भएको सभा पञ्च¥यालीको पुनरावृत्ति भएको बताउनुभयो । उक्त कार्यक्रममा तीन लाख मानिस उतार्ने बताए पनि २०–२५ हजार मानिसहरु मात्रै आएपछि ओली समूहका नेताहरु निराश भएर एक अर्कालाई आरोप लगाएर बसेको समेत उहाले बताउनुभयो । उहाले संविधान र लोकतन्त्र बचाउनका लागि अहिलेको लगाई भएको र त्यसैका लागि आफुहरु जनतामाझ गएको जिकिर गर्नुभयो ।कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुले सरकारले संविधान कुल्चने काम गरेको र लोकतन्त्रका उपलव्धीहरुलाई नै धरापमा पार्ने काम गरेकाले आफुहरु संघर्षमा जानु परेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.