
आइएमईले २०७८ का चाडपर्वलाई लक्षित गरि ल्याएको आइएमई डबलको डबल अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ । बिहीबार प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आइएमई सेवाग्राही दोलखाका जियेश दाहाल विजेता छनोट हुनुभएको छ । बिजेताले १२ लाख ५२ हजार ४६४ रुपैयाँ जित्नुभएको छ । उहाले युएईबाट आइएमई गर्नुभएको थियो । आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गर्नुभएको हो । कार्यक्रममा अन्य साप्ताहिक बिजेताहरुपनि घोषणा गरिएको थियो । कार्यक्रममा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई डिजिटलाईजेशन गर्ने गरि काम सुरु गरिएको बताउनुभयो । उहाले रेमिट्यान्सबाट आउने पैसालाई लगानी गर्न सके विदेशमा दुख गरेको आर्जनको फाइदा लिन सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिना यता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताउनुभयो । चाडपर्वलाई लक्षित गरी आईएमईले गत असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि डबलको डबलको डबल अफर ल्याएको थियो । ५७ दिनका लागि कायम सो अफर अन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरि कुल २१ जना लाभान्वित भएका छन् ।कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिना यता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताउनुभयो । चाडपर्वलाई लक्षित गरी आईएमईले गत असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि डबलको डबलको डबल अफर ल्याएको थियो । ५७ दिनका लागि कायम सो अफर अन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरि कुल २१ जना लाभान्वित भएका छन् ।