November 29, 2022

आइतबार थप १५८ जना कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

आइतबार नेपालमा थप १५८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल ३ सय ४२ जना संक्रमित निको हुँदा देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ । संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाकै कारण २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५सय २३ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् भने १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ

Leave a Reply

Your email address will not be published.