
आईसीसी यू–१९ महिला विश्वकप अन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ । मंगलबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले नेपाली टोलीलाई बिदाइ गरे । नेपाली टोली भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने छन् । नेपालले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चन्दले देशको नाम राख्नका लागि खेलाडीहरुको भूमिकाको प्रसंसा गर्नुभयो । उहाले नेपाली टोलीको उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गर्नुभयो । मलेसियामा आयोजना हुने छनोटमा नेपालले पहिलो खेल जुन ३ मा कतारसँग खेल्नेछ । छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।
शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकप खेल्नेछ ।