August 7, 2022

आगामी चूनावमा गठबन्धन गरेर आएपनि अन्यदलहरुलाई पराजित गरेरै छाड्ने

Splitting of party is invitation to misfortune: Ishwar Pokhrel - DCnepal

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आगामी चूनावमा गठबन्धन गरेर आएपनि अन्यदलहरुलाई पराजित गरेरै छाड्ने दावी गर्नुभएको छ । सोमबार एमाले काठमाडौ क्षेत्र नंवर ५ ले आयोजना गरेको कार्यक्रममा पोखरेलले आगामी निर्वाचनमा सक्ने भए एक्लाएक्लै प्रतिष्पर्धा गर्न चूनौति दिदै गठबन्धन बनाएर आएपनि पराजित गर्ने दावी गर्नुभएको हो ।पोखरेलले वर्तमान सरकार सरकार संविधान र कानूनको बिपरित बिदेशीको इशारामा चलेको आरोप लगाउनुभयो । उहाले पूर्ववत सरकारले शुभारम्भ गरेको अस्पताल निर्माण र १४ सय भन्दा बढि सडकको निर्माण वर्तमान सरकारले रोकेको बताउनुभयो ।

त्यस्तै पोखरेलले एमाले बिगतको कुनै पनि बेला भन्दा शसक्त ढंगले भूमिका खेल्न तयार रहेको सन्देश महाधिवेशनले दिने जिकिर गर्नुभयो ।उहाले ५ लाख जनताको माझमा पार्टीको महाधिवेशन उद्घाटन हुने र एकताको सन्देश दिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.