April 20, 2024

आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हाँसिल गरेर सत्तारोहण गर्ने दावी

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हाँसिल गरेर सत्तारोहण गर्ने दावी गर्नुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाईसकेको भन्दै आगामी निर्वाचनमा बहुमति ल्याउने दावी गर्नुभएको हो । आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने उहाको भनाई छ । उहाले आफ्नो पार्टीले देशको विकास र समृद्धिको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि बताउनुभयो ।

उहाले राज्यले लिने नीतिको कारण देशमा भएका धेरै उद्योग÷व्यवसाय हुने अवस्था आउने पनि चिन्ता व्यक्त गर्नुभयो । एमाले र माओवादी केन्द्र अलग–अलग भैसकेकोले फेरि मिल्ने सम्भावना नरहेको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *