May 23, 2024

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास

विनासकारी भूकम्पबाट क्षति पुगेको किर्तिपुरस्थीत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास गरिएको छ । केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त भएको पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो । कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सँै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहने बताइएको छ । शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पौडेलले दक्ष र गुणस्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने बताउनुभयो । देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको उहाँले उल्लेख गर्नुभयो । त्रिविको गुणस्तर सुधार गरी उत्कृष्टताको केन्द्रको रुपमा विकसित गर्न मन्त्रालय सबै प्रकारका सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा भारतीय दूतावास हर्षित भएको उहाँले बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयको विकासका लागि भारत सरकारले लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

पुस्तकालय भवन १५ महिनाभित्र निर्माण सक्ने योजना गरेको बिश्वबिद्यालयले जनाएको छ ।

One thought on “त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण शिलान्यास

  1. Wow, superb blog structure! How long have you ever been blogging for?

    you make running a blog glance easy. The total look of
    your web site is magnificent, as neatly as the content material!

    You can see similar here e-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *