December 5, 2023

आगामी निर्वाचनमा एमाले एक्लैले जीत हासिल गर्ने: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा प्रश्न उठाउनुभएको छ । शुक्रबार काठमाडौंमा पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव अगाडि भम्रणमा जानुभएको भन्दै प्रश्न गर्नुभएको हो । ओलीले प्रधानमन्त्री स्वदेश फर्किपछि निर्वाचनको बेला भारत भ्रमणमा जानुपर्ने कारणबारे सोध्ने जिकिर गर्नुभयो । उहाले आगामी निर्वाचनमा एमाले एक्लैले जीत हासिल गर्ने दावी गर्नुभयो । सम्बोधनका क्रममा ओलीले माधव नेपाल कम्युनिस्ट नभई बर्कोमात्र ओडेको व्यक्ति भएको आरोप लगाउनुभयो । उहाले आफुले चाहे गठबन्धनलाई टुटाउन सक्ने दावी गर्नुभयो । कांग्रेसले काम गर्ने शक्तिसँग इतिहासमा कहिल्यै पनि तालमेल नगर्ने उहाको भनाई छ । नेकपा एमाले प्रवेश गर्नेहरुको लहर जारी रहेको बताउने अध्यक्ष ओलीले २४० वर्ष राज गर्नेहरुसँग एमालेको तुलना नहुने बताउनुभयो । आफूलाई राजासँग दाँज्नेहरुलाई राजा र आफू कसरी मिल्छ भन्दै उहाले राजालाई पाउँमा दाम राखेर ढोग्ने मान्छे आफू नभएको बताउनुभयो । ओलीले एमाले सरकारका कामलाई चुनावमा प्रचारप्रसार गर्न निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *