December 8, 2022

आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने: नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बताउनुभएको छ । नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कोईरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परिक्षण गर्न पनि कांग्रेस एक्लै प्रतिष्पर्धामा जानुपर्ने बताउनुभएको हो । चूनावमा तालमेल भए माओवादी र एमालेबीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता रहेको स्वभाविक रहेको उहाले बताउनुभयो । त्यस्तै कोइरालाले मुलुकको निर्वाचन खर्च महङ्गो हुदै गएको पनि बताउनुभयो । यसअघि आफ्नो चूनावको खर्च नै ६ करोड भएको भन्दै उहाले चुनावमा खर्च घट्नुपर्ने मान्यता रहेको धारणा राख्नुभयो । अब निर्वाचन जित्न कम्तीमा ६÷७ करोड खर्च गर्नुपर्ने देखिएकाले आफ्नो नवलपरासी गैँडाकोट क्षेत्रमा अरु कसैले निर्वाचन लड्न चाहेमा आफूले छाड्न तयार रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा समितिले प्रकाशन गरेको क्यालेन्डर बिमोचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.