May 23, 2024

आगामी निर्वाचनमा गठन्धनको पराजय निश्चित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठन्धनको पराजय निश्चित रहेको बताउनुभएको छ । शनिबार भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको भन्दै चुनावी परिणामले नै गठबन्धनको पत्तासाफ हुने दाबी गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार अव धेरै दिन नटिक्ने समेत बताउनुभयो । देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प एमाले हुने उहाले बताउनुभयो । आफ्नो सरकारको पालामा व्यापक विकासका काम गरेको भन्दै उहाले एमालेको सरकार बनेपछि देशमा फेरि समृद्धिको लहर आउने दावी गर्नुभयो । अध्यक्ष ओलीले एमसीसीलाई केहि दलले मागिखाने भाडो बनाएकाले ठूला शक्ति राष्ट्रको हस्तक्षेप बढेको धारणा पनि राख्नुभयो । सत्ता गठबन्धनका कारण ठूला शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन थालेपनि अझै चेत नआएको उहाको भनाई छ । उहाले एमसीसीका सन्दर्भमा संसद्ले नै निर्णय लिनुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभयो । ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग र साझेदारको स्थिति खतरामा पर्दै गएकाले नेपाल अप्ठ्यारो स्थितिमा पुगेको पनि उल्लेख गर्नुभयो । प्रजातन्त्र दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिकाले जगातीमा २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको वडा नं ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *