
नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरुका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको हो । थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको उहाको भनाई छ । त्यस्तै खनालले वाम एकताको लागि सबैभन्दा ठूलो दल दल नै उदाशिन रहेको अहिले नै बृहत बाम एकताको सम्भावना नरहेको धारणा राख्नुभयो । त्यस्तै उहाले नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत रहेपनि भारतको ३१ सदस्यीय संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको प्रति सरकारले आवश्यक कदम चाल्नुपर्ने भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो । भारतको उक्त प्रतिवेदनले चिया उत्पादकहरु चिन्तामा परेका कारण यसबारे सरकारले भारतसंग छलफल गर्नुपर्ने उहाको भनाई छ ।
त्यस्तै खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणमा क्रममा बीआरआई र सीमा समस्याका बारेमा कुराकानी गर्नुपर्ने धारणा राख्नुभयो ।