December 5, 2023

आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्ता गठबन्धनले कार्यदल गठन

आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा सिटौलालाई चयन गरेको हो । कार्यदलले मुल रुपमा सिट बाँडफाँटको प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । बैठकमा कार्यदल सदस्यहरुले गठबन्धनलाई अघि बढाउने बिषयमा आ–आफ्नो पार्टीभित्र भएका छलफलका बारेमा जानकारी गराएका थिए । कार्यदलको अर्को बैठक साउन २६ गते बस्ने र तालमेलको मोडालिटिका बिषयमा थप छलफल हुने कांग्रेस नेता कार्कीले बताउनुभयो । यसअघि सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की तथा नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहनुभएको छ ।

त्यस्तै एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *