
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रुपमा स्थापित हुने दावी गर्नुभएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रुपमा स्थापित हुने दावी गर्नुभएको हो । उहाले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने समेत बताउनुभयो । प्रचण्डले माओवादी क्रान्ति मधेशबाटै सुरु भएको र अहिले मधेशमा माओवादीप्रतिको उत्साह पनि बढ्दै गएको तर्क गर्नुभयो । उहाले माओवादीका प्रवेश गर्नेलाई आवश्यक जिम्मेवारी दिने भन्दै सवै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु टेकबहादुर शाक्य र वीरेन्द्र प्रसाद यादव लगायत विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराउनुभएको थियो ।