November 21, 2022

आगामी निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा संघीयतामा नेपालको सार्वजनिक प्रशासन सम्बन्धित पुस्तक लोकार्पण गर्दै थपलियाले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्न पनि प्रतिवद्ध रहेको बताउनुभयो । उहाले संघीयतलाई बलियो बनाउन सके मात्रै सार्वजनिक प्रशासन पनि बलियो बन्ने बताउनुभयो । उहाले अझै केन्द्रबाट स्थानीय तहमा नियुक्त हुने गरेको भन्दै संघीयता बलियो र प्रभावकारी बनाउन पुस्तक लेखेरमात्रै नहुने धारणा राख्नुभयो । कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्माले नेपालमा ७० प्रतिशत कर्मचारीहरु काम नगर्ने रहेको अध्ययनले निष्कर्ष निकालेको भन्दै यसमा सरकारले गम्भीर हुनुपर्ने बेला आएका बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.