February 26, 2024

आगामी बर्षको बजेट प्रस्ट रुपमा आएकाले कार्यान्वयनमा आशंका नगर्न आग्रह

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्ट रुपमा आएकाले कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री शर्माले बजेटमा उल्लेख कार्यक्रम स्रोत साधन परिचालनको विधि प्रस्ट भएको बताउनुभएको हो । कृषि उत्पादन, बजारीकरण तथा प्रशोधनमा श्रम गर्नका लागि युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको उहाले बताउनुभयो । उहाले सरकारसंग कृषि कार्यक्रम, योगदानमा आधारित किसान पेन्सन जस्ता कार्यक्रमले किसानको सम्मान गर्ने, किसानको मनोबललाई उठाउने उदेश्यका साथ आएको बताउनुभयो । संघीयतालाई कार्यान्वयन र बलियो बनाउनका लागि बितिय हस्तान्तरणलाई प्रभावकारी बनाइने अर्थमन्त्री शर्माले बताउनुभयो । उहाले मुलुकको बिकासका लागि राष्ट्रिय गौरवका आयोजनाहरुलाई बजेट अभाव हुन नदिने जिकिर गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक बिहीबार बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *