



भरतमोहन अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालनको घोषणा गरिएको छ ।
अधिकारीको जन्मजयन्तीका अवसरमा भरतमोहन अधिकारी स्मृति फाउन्डेशनले बुधबार काठमाडौंमा गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा फाउन्डेशनकी सदस्य लिमा अधिकारीले ललितपुरको बुङ्मतीमा जेष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालनको घोषणा गर्नुभएको हो ।प्रदेश तीनबाट शुभारम्भ गरिएको उक्त कार्यक्रमलाई सातै प्रदेशमा लैजाने योजना रहेको अधिकारीले बताउनुभयो । एन्जिङ नेपालले तयार पारेको उक्त शैक्षिक कार्यक्रमबाट शिक्षा र सञ्चारको क्षेत्रमा जेष्ठ नागरिकलाई पहुँच पुराउने अधिकारीले बताउनुभयो ।
उहाले ६० बर्ष नाघेका ३० जना जेष्ठ नागरिकलाई आधारभूत शैक्षिक कार्यक्रमको पहुँचमा ल्याइने जानकारी दिनुभयो ।शिक्षाको कमिले स्थानीय कार्यक्रमबाट पनि बञ्चित हुनुपरेको अवस्थामा आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको फाउण्डेशनले जनाएको छ । नेपालमा जेष्ठ नागरिकलाई दिने बृद्धभत्ता कार्यक्रम पछि कुनै पनि कार्यक्रम आउन नसकेको गुनासो अधिकारीले गर्नुभयो ।
