July 24, 2021

आन्दोलन गरेको उखु किसान बिभिन्न दलले ऐकवद्धता

चिनी मिलबाट आफूहरूले बिक्री गरेको उखुको मूल्य नपाएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको उखु किसानहरुको आन्दोलनमा बिभिन्न दलले ऐकवद्धता जनाएका छन् ।मंगलबार जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगाएतले काठमाडौको माइतिघरमा पुगेर उखु किसानहरुको आन्दोलनमा ऐकवद्धता जनाएका हुन् ।उनीहरुले छिटो भन्दा छिटो उखु किसानहरुको बक्तौता तिर्न पनि सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएका छन् ।

उखु किसानको सबै बक्यौता रकम तिर्ने गरी गतवर्ष पुस १८ गते भएको चिनी उद्योगीहरुसँगको सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जमानी बसेका कारण सरकारबाटै त्यो रकम पाउनुपर्ने उनीहरुको भनाई छ ।सर्लाही उखु किसान संघर्ष समितिले कुनै पनि हालतमा उधारो सम्झौता नहुने र अहिले किसान आफ्नो पैसा लिएर मात्रै फर्किने गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.