

नेपाल भारत सीमानाका बिगत ८ महिना देखि बन्द भएपछि आफुहरुलाई समस्या भएको भन्दै सर्लाहीका स्थानीय चरणबद्व आन्दोलन घोषणा सहित मलंगवाको दशगजा क्षेत्रमा धर्नामा बसेका छन् ।सर्वपक्षिय जिल्ला संर्घष समिती सर्लाहीले कालाबजारी, तस्करी, चोरी निकासी बढदै गएको र यसको मारमा जनता परेको भन्दै सीमा खुलाउनुपर्ने मागसहित धर्नामा बसेका हुन् ।
सर्लाही जिल्लाबाट निर्वाचित स्थानीय तहका मेयर उपमेयर लगायत पदाधिकारीहरूको बैठकले नाका खुलाउन सीमानाकामा धर्ना र बिरोधका कार्यक्रमहरू गर्ने निर्णय गरेको र सोहि अनुसार मंग्लबार र बुधबार सीमाक्षेत्रमा धर्ना दिइएको समितिले जनाएको छ ।सरकारले आफुहरुको माग पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ । यसअघि सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमा बन्द गरेको थियो ।