May 21, 2024

आफु अर्को चूनावको तयारीमा लागेको: महामन्त्री गगनथापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफु अर्को चूनावको तयारीमा लागेको बताउनुभएको छ ।महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दवाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा बिजयी भएसंगै आफु अर्को चुनावको तयारीमा रहेको बताउनुभएको हो । शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उहाको भनाई छ । त्यस्तै महामन्त्री थापाले पाँचबर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानून निर्माणको थालनी गर्नुपर्ने पनि बताउनुभयो । कहिलेकाही मन्त्रीपरिषद्मा महिला सहभागीता शुन्य हुने अवस्थालाई पनि अव अन्त्य गर्नुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो ।

One thought on “आफु अर्को चूनावको तयारीमा लागेको: महामन्त्री गगनथापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *