December 5, 2023

आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने

Speaker Sapkota stresses need for continued efforts to implement  Constitution | Nepalnews

सभामुख अग्निप्रसाद सापकोटाले आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने र यसका लागि जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिनुभयो । चारैतिर निराशा रहेका बेला देश र जनताको सेवामा इमान्दार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्ने उहाको भनाई छ । कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसद् सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिनुभयो ।

कार्यक्रममा संसद् सेवामा वर्षभरिको कार्यसम्पादनमा अब्बल ठहरिएका उपसचिव रामकुमार पौडेललाई रु एक लाख राशिको सर्वाेत्कृष्ट सङ्घीय संसद् सेवा र शाखा अधिकृत दिपाकुमारी दुलाललाई रु ७५ हजार राशिको उत्कृष्ट सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो । त्यस्तै वरिष्ठ प्रेस प्राविधिक राजेन्द्रप्रसाद लामिछाने र कार्यालय सहयोगी सिजन खनालललाई जनही रु ५०÷५० हजार राशिको यस वर्षको सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *