July 30, 2021

आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको

Madhav Kumar Nepal: Latest News & Videos, Photos about Madhav Kumar Nepal |  The Economic Times

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताउनुभएको छ ।शनिबार काठमाडौंको सभागृहमा आफू पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीसँको आफ्नो मायाप्रेम ४८–४९ वर्ष लामो रहेको टिप्पणी गर्दै ओलीसँग छुट्टिने पक्षमा नरहेको बताउनुभएको हो । नेता नेपालले केपी ओलीले पार्टीमा बैठकको सामना गर्नै नचाहेकाले समस्या पैदा भएको बताउनुभयो ।त्यस्तै उहाले पार्टीको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरोदेखि केन्द्रीय कमिटीसम्म आफूहरुको बहुमत रहेको दावी गर्नुभयो ।

आफू अल्पमतमा पर्ने भएपछि कसैलाई सूचना नै नदिएर ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर रातारात २३ जना केन्द्रीय सदस्य थपेको नेपालले आरोप लगााउनुभयो । उहाले आफुहरुको संघर्ष पदका लागि नभएको तर्क गर्नुभयो । उहाले आफु संसदीय दलको बोर्डमा नवस्ने घोषणा समेत गर्नुभयो ।वरिष्ठ नेता नेपालले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतको फैसला गलत भएपनि बाध्य भएर लागु गर्नु परेको जिकिर गर्नुभयो । एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई कारबाही गरेपछि सो समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.