
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूहरु वामपन्थीहरुबीच एकताको लागि सक्रिय भएको बताउनुभएको छ ।शनिबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बस्नेतले निर्वाचनले एउटा गम्भीर समिक्षा गरेर अघि बढ्न भनेको भन्दै अव आफूहरु वामपन्थीहरुबीच एकताको लागि सक्रिय भएको बताउनुभएको हो । उहाले बस्नेतले पूराना दलप्रति जनताको केही वितृष्णा देखिएको पनि उल्लेख गर्नुभयो । जनताको पूराना दलप्रतिको आक्रोशको कारण स्वतन्त्र, जनमत पार्टीहरु नयाँ ढंगले उदाउने परिस्थिति बनको उहाले बताउनुभयो । बस्नेतले अब नेपालको राजनीति अस्थिरतातर्फ नजाओस भन्नेतर्फ सबै सचेत हुनुपर्ने सुझाव दिनुभयो ।
उहाले नेपालको कम्युनिष्टको हिसाबले सबैभन्दा ठूलो दल भएकोले एमाले र यसको नेतृत्व केपी ओलीले मुलुकलाई सही दिशामा लैजानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।