September 20, 2021

आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर भाग्ने कुरा नहुने

Madhav Kumar Nepal - Wikipedia
This image has an empty alt attribute; its file name is vediography2-3.gif

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर भाग्ने कुरा नहुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताउनुभएको हो । उहाले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको जिकिर गर्नुभयो । नेपालले संविधानलाई कुल्चिने काम गर्नेविरुद्ध आफूहरु चुप लागेर नबस्ने बताउनु भयो । सर्वोच्च अदालतले गलत काम सच्चाइएको स्मरण गर्दै उहाँले कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुने टिप्पणी गर्नुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले अहंकारले मान्छेलाई पतनको बाटो डोहो¥याउने बताउनु भयो । उहाले अव नेपालमा राजतन्त्र फर्काउने दिवास्वप्त नदेख्न चेतावनी दिनुभयो

कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताउनु भयो । भेला अघि अखिल फोर्सले काठमाडौंमा बृहत मोटरसाइकल र्याल निकालेको थियो ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.