December 5, 2023

आफू सभापति चुनिए वर्तमान सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने

KP Sharma Oli out, SC orders Sher Bahadur Deuba to be made PM - Times of  India

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४‍औं महाधिवेशनबाट आफू सभापति चुनिए वर्तमान सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनुभएको हो । देउवाले सभापतिमा आफू हारेमा सभापति नजित्‍नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्ने भन्दै जित्नैपर्ने दबाव रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति हारे प्रधानमन्त्रीबाट आफूलाई हटाउने बताउनुभयो । उहाँले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरूलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने धारणा राख्नुभयो । उहाँले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धता समेत जनाउनुभयो । प्रधानमन्त्री देउवाले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *