December 5, 2023

आफ्नै कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगहरुलाई भारी छुट दिने

Janardan Sharma recounts his mission to end loadshedding in country

अर्थमन्त्री जनार्दन शर्माले बाहिरबाट कच्चा पदार्थ ल्याउने वा आफ्नै कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगहरुलाई भारी छुट दिने सरकारको नीति भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकमा उत्पादनबृद्धि गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरुलाई भारी छुट दिने नीति भएको बताउनुभउको हो । उहाले उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्र आत्मनिर्भर हुने धारणा राख्नुभयो । मुलुकमा उत्पादन भइरहेको बिद्युत खेर गइरहेको अवस्थामा पनि मुलुकमा उद्योगहरुको स्थापना र भएका उद्योगहरुको सहज सञ्चालन आवश्यक रहेको उहाले बताउनुभयो । उहाले मुलुकमा उत्पादनबृद्धि नभएसम्म व्यापार घाटा न्युनिकरण हुन नसक्ने र गरिवी पनि घटाउन नसक्ने जिकिर गर्नुभयो ।

मन्त्री शर्माले उपत्यकाभित्र १२ वटा पार्क निर्माण गर्ने योजना रहेको जानकारी पनि दिनुभयो ।फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु मेला कार्तिक १५ गतेसम्म ललितपुरको जावलाखेलमा चल्नेछ । प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *