November 20, 2022

आफ्नो पार्टीको लक्ष्य र उदेश्य जनतामात्र भएको : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको लक्ष्य र उदेश्य जनतामात्र भएको बताउनुभएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो उदेश्य चूनाव नभएर जनता र जनताको समस्या भएको बताउनुभएको हो । उहाले जनताको समस्या समाधानका लािग आफ्नो पार्टी अग्रपङ्तीमा उभिने जिकिर गर्नुभयो । उहाले छलफल र परामर्शका आधारमा पार्टीले सहि निर्णय गर्ने बताउनुभयो । अध्यक्ष नेपालले अहिले एकीकृत समाजवादी पार्टी प्रति आकर्षण बढेको भन्दै यसले थप उत्साहित बनाएको जिकिर गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जागरण परिषद भण्डारीले आफु सदैव राष्ट्रिय हितको पक्षमा लाग्ने व्यक्ति भएकाले एकीकृत समाजवादीमा आएको बताउनुभयो । उहाले एमसीसीको चालवाजीलाई अव नेपाली जनताले बुझ्नुपर्ने धारणा राख्नुभयो । भण्डारीले केहि बर्ष अघि राष्ट्रिय जनमोर्चामा र एमालेमा पनि हुनुहन्थ्यो ।

तर, एमालेले एमसीसीको पक्ष लिएको भन्दै असन्तुष्ट भण्डारीले गत वर्ष जागरण परिषद् गठन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.