June 14, 2024

आमसञ्चारसम्बन्धी कानून खुल्ला छलफल र बहसबाटै टुङ्गाउनुपर्ने: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आमसञ्चारसम्बन्धी कानून खुल्ला छलफल र बहसबाटै टुङ्गाउनुपर्ने बताउनुपर्ने बताउनुभएको छ ।नेपाल प्रेस काउन्सीलले मंगलबार काठमाडौंमा आयोजना गरेको आमसञ्चार नीतिमा लैङ्गिक संवेदनशीलता बिषयक अन्तक्र्रिया कार्यक्रममा थापाले यसअघि अघि बढ्न नसकेका आमसञ्चार सम्बन्धी कानूनलाई खुल्ला छलफलबाट सच्चाएर टुङ्गाउनुपर्ने बताउनुभएको हो । उहाले लैङ्गिक संवेदनशीलता अनुगमनलाई सञ्चारमाध्यममा प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

नियम कानून उलंघन गरेमा कानूनी उपचार खोज्ने बिषयलाई अव प्राथमिकताका साथ अघि सार्नुपर्ने र यसलाई प्रेस काउन्सीलले बिशेष ध्यान दिनुपर्ने उहाको भनाइ छ ।
कार्यक्रममा प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले ४८ सालमा बनेको प्रेस काउन्सील सम्बन्धी ऐन अहिलेको अवस्थामा अपुरो भएकाले अव समसामायिक संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

One thought on “आमसञ्चारसम्बन्धी कानून खुल्ला छलफल र बहसबाटै टुङ्गाउनुपर्ने: महामन्त्री गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *