February 27, 2024

इम्बोस्ड नम्बर, एमआरपी छपाइ, सुरक्षण मुद्रण लगाएतका बिषयमा आफुलाई अनावश्यक रुपमा मुछियो

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले इम्बोस्ड नम्बर, एमआरपी छपाइ, सुरक्षण मुद्रण लगाएतका बिषयमा आफुलाई अनावश्यक रुपमा मुछिएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले इम्बोस्ड नम्बरका बिषयमा आफुले डिजाईन मात्र गरेको र सार्वजनिक ऐन बमोजिम नै यातायात व्यवस्था बिभागले प्रक्रिया अघि बढाइएको दावी गर्नुभयो । सो क्रममा टेन्डर गर्दा तीनवटा मध्ये सबैभन्दा सस्तोलाई जिम्मा दिईएको उहाले बताउनुभयो । उहाले पछिल्लो ५–६ बर्ष यता बिभागमा गएर कुनै काम नगरेको तर्क गर्नुभयो । उहाले एमआरपी पासपोर्टमा काम गरेको र अहिलेको इपासपोर्टमा कुनै सहभागीता नरहेको बताउनुभयो । एमआरपी पासपोर्ट अघि बढाउदा पनि निकै सस्तोमा नेपाल भित्राईएको उहाले दावी गर्नुभयो । त्यस्तै सेक्युरिटी प्रिन्टीङ प्रेसलाई अघि बढाउनका लागि बनेपामा दुई वटा मेशिन भित्राईएको र आइआरडीको स्टीकर छाप्ने तयारी भइरहेको बताउनुभयो । उहाले यो ३३ अर्वको प्रोजेक्ट भएको र सरकारले अहिलेसम्म निकास नगरेको प्रष्ट पार्नुभयो ।

उहाले आफु सुरक्षण मुद्रण केन्द्रमा खुल्ला प्रतिष्पर्धामा आएकाले भन्दै अहिले पनि सरकारले कानूनबमोजिम नै आफुलाई नियुक्ती गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *